मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

सुशान्त आत्महत्या र बलिउड ड्रग्स काण्डः आज दीपिका, सारा र श्रद्धासँग सोधपुछ गरिने

सुशान्त आत्महत्या र बलिउड ड्रग्स काण्डः आज दीपिका, सारा र श्रद्धासँग सोधपुछ गरिने

एजेन्सी – सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड भित्रको लागूपदार्थ दुव्र्यसनीको बारेमा खुलासा हुँदै आएको छ । उक्त बलिउड ड्रग्स कनेक्सनको अनुसन्धान गरिरहेको नरकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले थुप्रै बलिउड सेलिब्रिटीलाई सोधपुछका लागि समन पठाएको छ ।

यसैबीच, आज बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणलाई बोलाएको छ । यसका साथै, उनको म्यानेजर करिश्मा प्रकाशलाई पनि बोलाइएको छ । दीपिका र करिश्मालाई एनसीबीको गेष्ट हाउसमा सोधपुध गरिने र आजै बलिउडका अभिनेत्रीहरु सारा अली खान र श्रद्धा कपूरलाई पनि सोधपुछ गरिने भारतीय सञ्चार माध्यमले बताएका छन् ।

सारा र श्रद्धालाई एनसीबी अफिस बोलाइएको छ । यी दुईलाई मुम्बई एनसीबी टीमले गर्नेछ । यी दुईलाई सुशान्त राजपूतको आत्महत्याको विषयमा समेत सोधपुछ गरिनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend