
असोज १० काठमाडौं: अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ। माइतीघर मण्डलाबाट एक दर्जन भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ।
निषेधित क्षेत्र तोड्न र यातायात अवरुद्ध पार्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओली विरुद्ध नारावाजी समेत गरेका थिए। ओलीको तस्वीर छापिएको पोस्टरमा ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको पोस्टरसहित उनीहरुले प्रदर्शन गरेका थिए।
वरिष्ठ चिकित्सक केसी १२ दिनदेखि सत्याग्रहमा छन्। तर, सरकारले उनीसँग वार्ता गर्नका लागि कुनै पहल गरेको छैन।
स्वास्थ्य अवस्था जटिल हुँदै गइरहे पनि केसीसँग संवाद नगरेको भन्दै यसअघि मानवअधिकार आयोगले सरकारलाई ध्यानाकर्षण गराएको थियो। केसीको अनसन लम्बिँदै जाँदा उनको समर्थनमा प्रदर्शन पनि तीव्र भइरहेको छ।
यसपटक ६ बुँदे माग राख्दै केसीले जुम्ला जिल्लामा अनसन थालेका थिए। उनलाई केही दिनअघि काठमाडौं ल्याइएको थियो। उनी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसनरत् छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend