मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

सरकार कुरामा हैन काममा केन्द्रित छ: स्वास्थ्यमन्त्री

सरकार कुरामा हैन काममा केन्द्रित छ: स्वास्थ्यमन्त्री

असोज ११ काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रित रहेको बताएका छन्।
१६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवम् बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सक समारोहमा सम्बोधन भर्चुवल सम्बोधन गर्दै मन्त्री ढकालले सरकार कुरामा भन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको बताएका हुन्।

मन्त्री ढकालले कोभिड-१९ को विरूद्धमा मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णको कामप्रति उच्च सम्मान प्रकट गर्दै सरकार निरोगी नेपालको अभियान साकार पार्न केन्द्रित रहेको बताए। सरकारले नीति तथा कार्यक्रम मार्फत नै सम्बोधन गरेर निरोगी नेपाल बनाउने अभियानका साथ काम गरिरहेको भन्दै स्वस्थ जीवनशैली र खानपानका विषयमा सचेतना जगाउनुपर्ने बताए।

मन्त्री ढकालले क्यान्सर रोगले सबैलाई दुःख दिइरहेको बताउँदै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिस र नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्न प्रकारका क्यान्सरका कारण मृत्युवरण गरिरहेको जानकारी दिए।

क्यान्सरबाट मृत्युहुने मध्ये १० प्रतिशत नागरिक नेपाल जस्तै देशका रहेको बताउँदै हामीले पनि क्यान्सर वृद्धिको कारण खोजेर निदानका लागि काम गर्नुपर्ने बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend