मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

अर्घाखाँचीमा पहिरोले २६ घर भत्किए, सिंगो गाउँनै जोखिममा

अर्घाखाँचीमा पहिरोले २६ घर भत्किए, सिंगो गाउँनै जोखिममा

असोज ११ काठमाडौं: अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ को कोठिया मैदान भासिएपछि गाउँले त्रासमा छन्।

कोठिया मैदानमा जमिन धुजाधुजा भएर भासिएपछि ४० घरपरिवार रहेको सिंगो गाउँनै पहिरोको जोखिममा परेको शितगंगा नगरपालिका–१२ का वडा अध्यक्ष बाबुराम गैरे बताए। उनका अनुसार अहिलेसम्म २६ घर भत्किएका छन्। अन्य १४ घर पहिरोको उच्च जोखिममा छन्। पहिरोले मानवीय क्षती नगरे पनि घर बगाएको छ।

घरमा पालेका भैँसी, गाई, गोरु, बाख्राको बिचल्ली भएको छ। घरमा बचेका सामान स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाले निकालेको छ। गाउँले कहाँ बस्ने भन्ने चिन्तामा रहेको शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारी बताउँछन्। सबै परिवारलाई तत्काल स्थानीयको घरमा र कोठिया मैदानको चौरमा बस्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।

पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन्। पहिरो बढ्दै जाँदा बस्ती सार्नुको विकल्प नभएको राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का बताउँछन्। सबै घरधुरीलाई रेडक्रस अर्घाखाँचीले टेन्टसहितका एकसेट राहत सामग्री प्रदान गरेको नेपाल रेडक्रसा सोसाइटीका जिल्ला अध्यक्ष कुशल भुसालले जानकारी दिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend