
असोज ११ काठमाडौं: नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री दीपक खड्काले चलाएको गाडीले किचेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ कि अनुपा पाण्डे कार्की रहेकी छिन।
गत असोज ७ गते अनुपाले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल अगाडी जेब्राक्रसिङमा बाटो काटिरहेकी थिइन्। सोहि क्रममा पुर्वमन्त्री खड्काले अनुपा र उनका श्रीमानलाई गाडीले ठक्कर दिएका थिए। अनुपाका श्रीमान घाइते भएका छन्।
गाडीले कुल्चेर मन्त्री खड्का घाइतेको कुनै प्रबाह नगरी त्यहाँबाट भागेका थिए। खडकाले घाइतेको उद्धार गरेको भए बचाउन सकिने अवस्था रहे पनि ठक्कर दिएर गम्भीर अवस्थामा छाडी भागेको परिवारको भनाई छ।
खड्काका विरूद्धमा महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी परेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend