मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

के तपाइँलाई थाहा छ, जिन्स पाइन्टमा सानो गोजी किन राखिएको होला ?

के तपाइँलाई थाहा छ, जिन्स पाइन्टमा सानो गोजी किन राखिएको होला ?

एजेन्सी- जिन्स पाइन्टमा रहेको सानो गोजी किन राखिएको हो धेरैलाई थाहा छैन। हामी त्यसको खासै प्रयोग पनि गरेका हुदैनौ र गर्दैनौ पनि । यति सानो गोजी किन पो बनाइएको होला है। हामीले कहिल्लै पनि सोचेनौ कहिलेकाही कसैको मनमा त्यसबारे जिज्ञासा आएपनि त्यसको जवाफ खोज्न खासै चासो दिएनौ।

तर कुनै न कुनै समयमा भने त्यसको बारे कुनै कुैनै प्रशङ्गमा सबैलाई नै जिज्ञसा लागेको हुनैपर्छ । अव भने जान्ने कौतुहलता पक्कै पनि लागेको होला हैन र? आखिर किन हुन्छ त जिन्स पाइन्टमा सानो गोजी ? के को लागि हो त यो सानो गोजी ?

यो प्रश्नको उत्तर जिन्स र टेक्सटायल एक्स्पर्टले खोजेका छन।उनीहरुका अनुसार यसको जवाफ जिन्स बनाउने कम्पनि लेवी स्टार्स जसलाई हामि लिबाइस को नामले चिन्दछौ । सबै भन्दा पहिले जिन्स पाइन्टमा सानो गोजीको सुरुवात यहि कम्पनीले गरेको हो।

यो कुनै आम गोजी नभई ‘वाच पकेट’ को नामले चिनिन्छ जुन विशेष गरि काउव्वाईजको लागि भनेर डिजाइन गरिएको थियो। काउव्वाईजले आफ्नो घडी यसमा राख्न मिलोस भनेर यो सानो गोजी बनाइएको थियो। १८ औ शाताब्दीतिर काउव्वाईज आफ्नो वेस्टकोटमा चेनवाला घडी लगाउने गर्दथे। घडी टुट्नबाट बचाउनका लागि लिवाइसले यो सानो गोजी जिन्स पाइन्टमा दिन सुरु गरेको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend