
असोज १२ काठमाडौं- नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रकाश रसाइली (स्नेही) दुर्घटनामा परेका छन्। एकाबिहानै माइक्रो बसले उनि सवार स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटना परि रसाइली घाइते भएका छन्।
सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान साढे ७ बजेतिर टेकुमा माइक्रोले ठक्कर दिएको हो। बा २ ख ९८१० को माइक्रोबसले रसाइली सवार बा ६५ प ५६७३ स्कुटरलाई ठक्कर दिएको हो।
उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend