
असोज १२ काठमाडौं: देशमा बलात्कारका घटनाहरु बढिरहेको भन्दै संघिय संसदका महिला सांसदहरुले बलात्कारीलाई कडा भन्दा कडा सजायँको ब्यबस्था गर्नुपर्ने बताएका छन्।
आज महिला सांसदहरु भेला भइ बलात्कारीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न कानुन बनाउन लबिङ गर्ने निर्णय गरेका हुन्।
भेलाले बलात्कारविरुद्धको कानुनी प्रावधानमा कडाइ पार्नका लागि नेकपा सांसद बिन्दा पण्डेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन समेत गरेको छ। समितिमा सांसदहरू शान्ता चौधरी, पुष्पा भुसाल, निरुदेवी पाल, अमृता थापा, पार्वती थापा रावल, प्रमिलाकुमारी यादव र लक्ष्मी परियार रहेका छन् ।
उनीहरुले संविधानमै संशोधन गरी १६ वर्षभन्दा मूनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेका छन्। बलात्कारीको लिङ्ग छेदन गर्नुपर्ने माग उनीहरुको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend