
असोज १३ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केहि दिनदेखि लगातार बार्ता भैरहेको छ।
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा दुई अध्यक्षबीच पछिल्ला दिनमा निरन्तर छलफल भइरहे पनि अझै ठोस सहमति हुन सकेको छैन। यद्यपी सहमतिको प्रयास भने जारी रहेको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बार्ता जारी छ। आजको वार्तामा पनि मन्त्रिपरिषद् पुनर्गठन नै प्रमुख एजेण्डा रहेको छ। साथै आजकै छलफलमा पार्टी एकताकाबाँकी रहेका काम टुंग्याउने बिषयमा पनि कुरा हुने वालुवाटार निकट स्रोतले जनाएको छ।
ओली र प्रचण्डबीच कसलाई निरन्तरता दिने र कसलाई बिदा गर्ने भन्ने बिषयमा आफ्नै अडान हुँदा यस बिषयमा टुंगो लाग्न नसकेको स्रोत बताउँछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend