
असोज १३ काठमाडौं – ब्रोइलर कुखुराका चल्लालाई रङ दलेर लोकल भनि बिक्री गर्न खोज्ने ४ जनालाई प्रहरीले पक्रेको छ ।
काठमाडौंको कलंकीबाट प्रहरीले २८ हजार ६ सय वटा त्यस्ता कुखुराको चल्ला सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। जस मध्ये ३ हजार ६ सय ५० चल्लामा रङ दलिएको थियो।
पक्राउ पर्नेमा प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाह रहेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend