शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

बलात्कारीलाई उन्मुक्ति हुँदैन, कानुनी कठघरामा ल्याइन्छ: गृहमन्त्री

बलात्कारीलाई उन्मुक्ति हुँदैन, कानुनी कठघरामा ल्याइन्छ: गृहमन्त्री

असोज १४ काठमाडौं- गृहमन्त्री राम बहादुर थापा बादलले बलात्कारीलाई कानुनको कठघरामा ल्याईछाड्ने बताएका छन्। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्ना भनाइ राख्दै थापाले यस्तो बताएका हुन्।

बलात्कार र हत्याका घटना न्यूनीकरणका लागि राज्यले कानुन र नियम निर्माण गरे पनि प्रभावकारी हुन नसकेको भन्दै मन्त्री थापाले अझ कडा कानुन बनाउने बिषयमा पनि छलफल भैरहेको जानकारी दिए।

मन्त्री थापाले बलात्कारीलाई मात्र नभइ बलात्कारका घटना मेलमिलाप गराउनेलाई पनि कारवाही गरिने बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend