
असोज १४ काठमाडौं- प्रहरी महानिरीक्षक शैलेश थापाले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको बताएका छन्। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा उनले यस्तो बताएका हुन्।
थापाले बझाङकि सम्झना बिकको बलात्कार तथा हत्याका आरोपी राजेन्द्र बोहोराले अपराध स्वीकार गरेको बताए।
बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताए। तर पछिल्लो समय औसतमा प्रत्येक दिन ६–७ जना बलात्कृत हुने गरेको देखिएको थापाको भनाइ थियो । बलात्कार र हत्याका घटना न्यूनीकरणका लागि राज्यले कानुन र नियम निर्माण गरे पनि प्रभावकारी हुन नसकेको थापाले बताए ।
पछिल्लो समय यस्ता मुद्दामा मेलमिलाप गराउनेलाई पनि कानुनी कारबाही गर्नुपर्ने कुरा उठेको जनाउँदै गृहमन्त्री थापाले उनीहरूविरुद्ध पनि कारबाही चलाइने स्पष्ट पारे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend