
असोज १५ काठमाडौं – इन्डियन प्रिमियर लिगआइपीएल अन्तर्गतको हिजोको खेलमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।
राइडर्सले रोयल्समाथि ३७ रनको जित दर्ता गरेको हो।
कोलकत्ताले दिएको १७४ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनमा समेटियो।
तीन खेल खेलेको राजस्थानले एकमा हार ब्यहोरेको छ भने कोलकत्ताले पनि दुइ खेलमा जित र एकमा हार व्यहोरेको छ।
कोलकत्ता दोस्रो र राजस्थान तेस्रो स्थानमा रहेका छन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend