असोज १५ काठमाडौँ, चितवनको चितवन मेडिकल शिक्षण अस्पताल (सिएमसी)मा कार्यरत एक स्वास्थ्यकर्मीले बिरामीमाथि उपचारकक्षमा बलात्कार प्रयास गरेका छन् ।मंगलबार घाँटीको उपचार गराउन ओपिडीमा गएकी एक महिलालाई बलात्कार प्रयास गरेका हुन ।
घाँटीको समस्या भएर अस्पतालमा उपचार गराउन गएकी महिलालाई अस्पतालका अडियोलोजिस्ट डा.जयलालप्रसाद यादवले मसाज गनुपर्ने भन्दै काखमा राखेर महिलाको गोप्य अंगमा सुम्सुम्याउन थालेका थिए त्यसपछि पिडित महिलाले डाक्टरको त्यस्तो हर्कतको बिरुद्द प्रतिकार गर्दै बाहिरिन सफल भएपछि यो घटना बाहिरिएको थियो । अस्पतालमा उपचार गराउन आएकी बिरामी महिलामाथि अस्पतालका डाक्टरले यस्तो घटिया ब्यबहार भएको बाहिरिएपछि अस्पताल प्रसासनले यो घटना गुपचुप पार्ने प्रयास गर्दै अस्पतालका डाक्टर जयलालप्रसाद यादवलाई पिडितको खुट्टा ढोग्न लगाएर गुपचुपमै मिलापत्र गर्न खोजेको छ ।
बलात्कार प्रयास जस्तो जघन्य अपराधमा दोषीलाई कारबाही गरी पिडितलाई न्याय दिलाउनु पर्नेमा आफ्नो अस्पतालको डाक्टर र गल्ति ढाकछोप गर्न अस्पताल प्रसाशनले आपसी समझदारीमा मिलापत्र गरी अपराधी जोगाउन खोजेर चितवन मेडिकल शिक्षण अस्पतालले अर्को ठुलो अपराध गरेको छ । अस्पताल प्रशासनले यो कुरा बाहिर नल्याउन तथा अन्य कानुनी उपचारमा नजान भन्दै पिडितलाई आर्थिक प्रलोभनमा समेत पारेको बुझिएको छ ।
अस्पताल जस्तो अतिसंबेदंशील ठाउँमानै अस्पतालका डाक्टरकै संलग्नतामा यस्तो जघन्य अपराध गर्दा समेत दोषीलाई कारबाही नगरी जोगाउन खोज्ने चितवन मेडिकल शिक्षण अस्पतालमा उपाचारमा जान समेत आमसर्बसाधारण जनता डराउनु पर्ने स्थिति आएको छ । यसबारे चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जिल्ला प्रहरी कार्यालयमा कुनैपनि सुचना नआएको बताउदै यसबारे थप अध्ययनगरी सत्यतथ्य पत्ता लगाई दोषी देखिए कानुनी दायरामा लिने सुनौलो नेपाललाई जानकारी दिए ।
हेर्नुस भिडियो