
असोज १५ काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले देशमा मौलाएको बेतिथी र भ्रष्टाचारका विरुद्ध कांग्रेस सडकमा आउने बताएकी छिन। सुनौलो नेपालसंगको कुराकानीका क्रममा संग्रौलाले यस्तो बताएकी हुन्।
कोरोनाभाइरसका कारण नेपाली जनताको जनजीवन नराम्रोसंग प्रभावित भएको यो अवस्थामा सरकार जनमुखी काम गर्न छाडेर भ्रस्टाचारमा लिप्त भएको आरोप उनले लगाइन। भ्रस्टाचार र सत्तामोहमा लिप्त सरकारविरुद्ध कांग्रेस चुप नलाग्ने र सडकमा आउने उनको भनाइ छ।
उनले देशमा बलात्कारजस्ता जघन्य अपराधहरु दिनानुदिन बढीरहेको भन्दै सरकारले अभिभावकत्व प्रदान गर्नुको सट्टा पद भागबण्डा र कुर्सीमोहमै लागेको बताइन। सरकार पूर्णरुपमा असफल भैसकेको उनको आरोप छ।
हेर्नुहोस सांसद संग्रौलासंग सुनौलो नेपालका लागि महेश पौडेलले गरेको कुराकानी:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend