मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

अनौठो जातको बाख्रा, जुन फल खान रुखमा चढ्ने गर्छन्

अनौठो जातको बाख्रा, जुन फल खान रुखमा चढ्ने गर्छन्

काठमाडौं – हामिले रुखमा बाँदर, लोखर्के, चितुवा चढेको देखेका र सुनेका छौं । तर के तपाइले बाख्रा रुखमा चढेको सुन्नुभएको छ । हामिलाई थाहाँ छ ? बाख्रा जमिनमा मात्र दौडन र हिड्न सक्छ ।

तपाईलाई पत्यार नलाग्ला ! तर यस्तो बाख्रा पनि हुन्छ, जुन रुखमा चढ्न सक्छ । रुखमा चढ्ने यो अनौठो बाख्राको जाति अफ्रिकी देश मोरक्कोमा पाइने गर्छ । यी बिशेष जातिका बाख्राले रुखमा चढेर नै फलहरु खाने गर्छन् ।

भोक लागेमा बाख्राहरु रुखमा चढेर भोक मेटाउने गर्छन् । तपाईलाई थाहाँ छ यो बाख्राको मल अर्थात बड्कौँला निकै महँगो हुन्छ । यो जातिका बाख्रा पाल्ने किसानले मल बेचेरै करोडौँ कमाउने गर्छन् ।

अल्जेरियाका केही क्षेत्रमा पाइने आर्गन नामको वनस्पती यी बाख्राले धेरै नै मन पराउने गर्छन् । यस वनस्पती बाख्राले खान्छन् तर बिज पचाउन सक्दैनन् । किसानले बाख्राको मलबाट पचाउन नसकेको उक्त बिज छुट्टाउने गर्छन् । यस बिजबाट तेल पनि निकाल्ने गरिन्छ । यसको तेल कस्मेटिक उद्योगमा महँगोमा बिक्रि हुने गर्छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend