
असोज १७ काठमाडौं – काठमाडौंको व्यस्त बजार न्युरोडबाट इलेक्ट्रोनिक्स सामान चोरीमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे स्थायी घर भइ काठमाडौं बस्ने बर्ष ३२ का प्रकाश तामाङ, वर्ष २१ को जनक तामाङ, बर्ष २९ कि सोमा रानी तामाङ, दोलखा स्थायी घर भइ काठमाडौं बस्ने बर्ष ४० कि छिरिङ शेर्पा र नुवाकोट स्थायी घर भइ काठमाडौं बस्ने बर्ष २२ का अमृत राइ रहेका छन्।
न्युरोडको पाकोमा रहेको ताम्राकार कम्प्लेक्सबाट सात लाख पचास हजार बराबरको मोबाइल र क्यामेराहरु चोरी गरेको भन्ने निबेदन परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
सिसिटिभी फुटेजमा देखिएको हुलियाका आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौं २४ मखनबाट प्रकाश र जनकलाई प्रहरीले पक्रेको थियो। सोधपुछका क्रममा उनीहरुले उक्त सामानहरु काठमाडौंको बौद्धमा लगेर बिक्रि गरेको खुलेको हो।
प्रहरीले उक्त चोरीका सामान खरिद गर्ने छिरिङ्, सोमा रानी र अमृतलाइ पनि पक्राउ गरेको हो।
चोरीमा संलग्न पाँचै जनाको अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको न्युरोड प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल जंग शाहले जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend