बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

इँट्टाभट्टाका हेडमिस्त्रीको बयान: आलमकै निर्देशनमा जिउँदै इँट्टाभट्टामा हालेको हुँ

इँट्टाभट्टाका हेडमिस्त्रीको बयान: आलमकै निर्देशनमा जिउँदै इँट्टाभट्टामा हालेको हुँ

असोज १७ काठमाडौं – रौतहटको राजपुर फरहदवामा १२ वर्षअघि जिउँदै मानिस इँटाभट्टामा जलाइएको प्रकरणका एक आरोपी पक्राउ परेका छन् । बारा सिम्रौनगढ नगरपालिका-४ का ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो।

सहनीलाई नेपाल भारत सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नम्बर ७ बड़की बंकुल एरियाबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

२०६४ चैत २८ गते हुने संविधान सभाको चुनावको अधिल्लो दिन राजपुर फरहदवा गाविस–४ (हाल राजपुर नगरपालिका ४) स्थित शेख इद्रिसको गोठघरमा चैत कांग्रेस नेता मोहम्मद आफताव आलमले बिस्फोटक पदार्थ स्टोर गरी बम बनाउन लगाएका थिए । बनाउने क्रममा बम बिष्फोट हुँदा त्रिलोक प्रताप सिंहसहित केहीको मृत्यु भएको थियो।

पक्राउ परेका सहनीले घटनामा परी मृत्यु भएका र घाइतेलाई ट्रयाक्टरमा लोड गरी नजिकैको इँट्टा भट्टामा लगि जलाइएको अभियोग रहेको छ। प्रारम्भिक अनुसन्धानमा घटना हुँदाको अवस्थामा सहनी इँट्टा भट्टाको हेड मिस्त्री रहेको खुलेको छ। सोधपुछका क्रममा सहनीले आफुले आलमले नै भनेर जिउँदै भट्टामा हालेको बताएको प्रहरीले जनाएको छ। उता आलम भने पुर्पक्षका लागि थुनामा रहेका छन्। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend