
असोज १८ काठमाडौं – लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुमपूर्व भूमे गाउँपालिका-४ की ३७ वर्षीया ज्योती घर्ती, त्यही ठाउँकी ३० वर्षीया निसा पुन, दाङ हारपुर गाउँपालिका-६ रवानाका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका-९ चिसापानीका ३३ वर्षका मोतीलाल परियार र गाडी चालक रोल्पा सुनछहारी गाउँपालिका-१ सेरम घर भएर अहिले दाङ घोराई उप-महानरपालिका-४ राप्तीटोल बस्ने ३५ वर्षका यामबहादुर घर्तीमगर रहेका छन् ।
उनीहरुलाई राेल्पाकाे सुनिलस्मृति गाउँपालिका-२ खुङ्ग्रीबाट प्रहरीले ८ किलो ३०० ग्राम अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend