शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

मेरो चुनावी घोषणा पुरा भयो, अब दाङलाई समृद्ध बनाउछौ- गंगा चौधरी

मेरो चुनावी घोषणा पुरा भयो, अब दाङलाई समृद्ध बनाउछौ- गंगा चौधरी

असोज १८ काठमाडौँ,प्रतिनिधि सभा सदस्य तथा नेकपा नेतृ गंगा चौधरीले आफुले दाङबासी जनतासामु गरेको चुनावी घोषणा पुरा भएको बताउनु भएको छ ।
 
सांसद चौधरीले चुनावको बेला आफुले जनता सामु आफ्नो निर्वाचन क्षेत्रमा कि प्रदेश राजधानी कि अन्तर्राष्ट्रिय स्तरको बिमानस्थल बनाउने घोषणा गरेकोमा अहिले त्यो पुरा हुन लागेको भन्दै यसले दङ्गाली जनता मात्र नभएर सबै प्रदेश ५ कै जनता खुसी भएको उहाँको भनाई छ ।
 
प्रदेश ५ को राजधानी दाङ भएको छ अब दाङमा बिकास र समृद्धिको मुल फुट्छ । यहाँ प्रसस्त सम्भावना छन् ती सम्भावनाका खोजी गरेर दीर्घकालीन बिकास योजना अगाडि बढाउछौ राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीको समिक्षा बैठकमा उहाँले भन्नुभयो ।
 
जनप्रतिनिधिहरु जनताको सेवक हौ । तपाईंहरुका समस्याहरु छ्न भने निर्धक्क भन्नुहोस् हाम्रा केही कमजोरी छन् भने पनि देखाउनु होस हामी सुधार गरेर अगाडि बढ्छौ । तपाईंहरुको सुझावले पनि सुधार भएको नपाए अगामी चुनावमा भोट नदिन समेत उहाँले आग्रह गर्नुभयो ।
 
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले दाङ प्रदेश पाँचको राजधानी आफ्नो गाउँपालिका सहित दाङ देउखुरी उपत्यकामा हुँदा आफुहरु उत्साहित भएको बताउनु भयो ।
 
 
 
 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend