मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

गोप्य अंग देखाउन किन चाहन्छन युवती ?

गोप्य अंग देखाउन किन चाहन्छन युवती ?

एजेन्सी – खासगरी मनोरञ्जन उद्योगमा सेलिब्रिटी युवती र मोडेलहरूको ‘क्लिभेज सोअप’ फेसनजस्तो बनेको छ । यसले तस्बिर, भिडियो र समारोहमा पनि युवतीहरूतिर धेरैको ध्यान मात्र खिच्ने गरेको छैन, चर्चा पनि चलाउने गरेको छ ।

संवेदनशिल अंग (वक्ष) सँग अर्थपूर्ण क्लिभेज तथ्य के हो ?

क्याम्ब्रिज शव्दकोषले क्लिभेजलाई ‘महिलाको छातीबीचको सानो स्थान’ भनेको छ । उसको व्याख्यामा ‘त्यो महिलाले माथितिर नछोपीनेगरी लगाएको बेला देखिन्छ । यो पुरूष आकर्षणको केन्द्र पनि हो ।’

नेपालमा क्लिभेज प्रदर्शन सामान्य जस्तो भइसकेको छ । आम साधारण युवतीहरूमा पनि फेसन बनेको छ । सेलिब्रिटीहरूले त नियतबस नै यस्तो देखाउने गरेका छन् । क्लिभेजमा देखिने स्तनका भागमा ट्याटु खोप्नेदेखि सामान्य छोप्नेहरूको नियत नै आकर्षण गराउनु रहेको देखिन्छ ।

एकजना लेखिकाका अनुसार महिलाले सार्वजनिक रूपमा यौनिक आकर्षणका निम्ति लुगा लगाउँदा देखिने स्थान भनेकी छन् । उनले भनेकी छन्,‘त्यो खासगरी पुरूष आकर्षणका निम्ति गरिने व्यावसायीक उपाय पनि हो । महिलाहरूले धेरै कमाउनका लागि यस्तो प्रकारको ट्रिक अपनाउने गर्छन् ।’ तर यसको सम्पूर्ण अर्थचाहीँ सतर्क वा आकर्षण गराउने नै हुन्छ । पुरूषहरू स्तन हेर्न रुचाउने भएकाले महिला सेलिब्रिटीले क्लिभेज देखाउन थालेको उनको तर्क छ ।

अन्तर्राष्ट्रिय वक्ष छाती विशेषज्ञ इलिजाबेथ डेलले भनेकी छन्,‘क्लिभेजको पहिलो नियम भनेको तिमि कतिसम्म निहुरिने भन्ने होइन बरु कहिले र कहाँ देखाउने भन्ने हुन्छ ।’

कतिपय लेखकहरूले क्लिभेजलाई साहित्यिक र सृजनात्मक रूपमा पनि व्याख्या गरेका छन् । एकजना लेखकले भनेका छन्,‘सम्झ केटाहरू हो । क्लिभेज भनेको सूर्यजस्तो हो जुन हतासमा एक पटकमात्र हेर्ने गरिन्छ तर यो निरन्तर हेर्नु खतरापूर्ण हुन्छ ।’

कतिपय सन्दर्भमा क्लिभेजको यौनिक तर्क पनि राखिएको छ । एउटा भनाई छ,‘महिलाको क्लिभेज देखिनुले पुरुषले प्रति स्तनबारे ५० प्रतिशत हेक्का राख्न सक्छ ।’

कतिपय महिला अधिकारकर्मीहरूले यसलाई आफु अनुकुलतामा पनि व्याख्या गरेका छन् । एउटा भनाई छ,‘क्लिभेज पुरुषहरूका लागि महिला कति शक्तिशाली छन् भन्ने हतियार पनि हो ।’

क्लिभेजबारे विभिन्न क्षेत्रमा फरक अनुभुति र व्याख्या छन् । अभिनेत्री मेरिलिन मनोरोयले व्यंग्यात्मक हिसाबमा व्याख्या गरेकी छन्,‘निषेधले कठिन गरेको के हो भने क्लिभेज देखाउँदा चित्त दुखाइन्छ तर अन्य केही नदेखाउँदा पनि उनीहरूको चित्त दुखाई हुन्छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend