बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

‘प्रधानमन्त्री ज्यु, ख्याल राख्नुहोला, यदि डा.केसीको जीवन तलमाथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो’

‘प्रधानमन्त्री ज्यु, ख्याल राख्नुहोला, यदि डा.केसीको जीवन तलमाथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो’

असोज १९ काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीले उठाएका मागहरु पुरा गर्न सकिने र गर्नुपर्ने माग भएकाले तुरुन्त पुरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले डा.केसीसंग संवाद नै गर्दिन भन्ने हठ नछाडे प्रधानमन्त्रीले ठुलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

उनले लेखेका छन्, प्रधानमन्त्रीज्यू,डा.गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्?
तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र? डा.केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ?’

उनले थप लेखेका छन्, ‘ पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्।यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ।तर,एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ।
प्रमज्यू,ख्याल राख्नुहोला,यदि डा.केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो। ‘

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend