शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

के पुरुषको तुलनामा महिलामा यौन इच्छा कम हुन्छ ? यस्तो छ वास्तविकता !

के पुरुषको तुलनामा महिलामा यौन इच्छा कम हुन्छ ? यस्तो छ वास्तविकता !

एजेन्सी- महिला र पुरुषको सुखको आधार यौनलाई पनि मानिन्छ । श्रीमान् श्रीमतीबीचको शारीरिक सम्बन्धले उनीहरुबीचको सबै सम्बन्धको पनि निर्धारण गर्छ ।
यौन जीवन सुखमय भएका श्रीमान् श्रीमतीको अन्य जीवनका पाटामा पनि सफलताका कथा हुन्छन् । यौन दुवै पार्टनरबीचको रुची र उपस्थितीले निर्धारण गर्ने कुरा हो ।

तर पुरुष धेरै यौनमा सक्रिय हुने र महिला धेरै सक्रिय नहुने खालको व्यवहारका विषयमा संसारभर विभिन्न प्रकारका अध्ययन भएका छन् । एकअर्काको भावनालाई कदर गरेर मात्र शारीरिक सम्बन्ध कायम गर्ने खालको व्यवहार देख्न सकिन्छ ।

महिलालाई यौनमा पुरुषको तुलनामा रुची कम हुन्छ त ? यो विषयमा विभिन्न खालका अध्ययन भएका छन् । महिला र पुरुषबीचमा भिन्नता भनेको पुरुषले एक पटक स्खलित भएपछि केही समयमा मात्र चाहना राख्न खोज्छन् भने महिला अन्य क्रियाकलापबाट पनि आनन्द लिने हुन्छन् ।

एक पटक उत्कर्षमा पुगे पनि महिलाले उत्तेजना दिइरहन सक्छन् । अनुकुल वातावरण, पार्टनरको चाहाना, यौनपूर्वको क्रियाकलाप लगायतले महिला बढी संवेदनशील हुन्छन् । तर महिलामा कम हुने र पुरुषमा चाहना बढी हुने भन्ने कुरा गलत हो । पुरुषको तुलनामा महिलाहरु आफ्नो पार्टनरको ध्यान दिने खालका भने पक्कै हुन्छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend