मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

जुन ठाउँमा छौँ, त्यही ठाउँमा दशैँ मनाउँ – स्वास्थ्य मन्त्रालय

जुन ठाउँमा छौँ, त्यही ठाउँमा दशैँ मनाउँ – स्वास्थ्य मन्त्रालय

असोज १९ काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ ।

मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौँ, त्यही ठाउँबाट दशँै मनाउन’ आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोगिएमा दशँ अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गरे ।

उनले महामारीका बेलामा गाउँ सहर आवतजावत गर्दा सङ्क्रमण फैलन सक्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend