
असोज १९ काठमाडौं – विदेश पठाइदिने भन्दै ठगि गरि फरार रहेका अभियुक्त पक्राउ परेका छन्। सिन्धुपाल्चोक साविक माङ्खा गा.वि.स. वडा नं.०७ हाल बलेफि गा.पा. वडा नं.-०६ घर भई काठमाण्डौ बौद्ध आरुबारी बस्ने वर्ष २८ को भिम बहादुर तामाङलाई प्रहरीले बौद्ध स्तुपाबाट पक्राउ गरेको हो।
तामाङमाथि रोजगारीको लागि विदेश पठाइदिने भन्दै सिर्जना दोङलगायत केही व्यक्तिहरुबाट ४६ लाख ५० हजार रुपैयाँ लिई फिर्ता नगरेको अभियोग लागेको थियो । उनलाई ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको २०७४ भदौ ११ गते एक लाख ५० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको थियो ।
प्रहरीले निजलाई काठमाडौँ जिल्ला अदालत बबरमल पठाइएको जनाएको छ । यसअघि सोही मुद्दाका अर्का फरार प्रतिवादी तुलबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेर अदालत पठाइसकेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend