शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

कम्युनिष्ट पार्टीका सदस्यलाई अब अमेरिकाले पीआर नदिने

कम्युनिष्ट पार्टीका सदस्यलाई अब अमेरिकाले पीआर नदिने

असोज १९ काठमाडौं – संयुक्त राज्य अमेरिकाले कुनै पनि कम्युनिस्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति नदिने भएको छ। यूएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस)ले शुक्रबार कम्युनिस्ट पार्टीको सदस्यलाई नागरिकता नदिने नीति घोषणा गरेको हो।

यूएससीआईएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरिएको छ ।

पछिल्लो समय अमेरिका र चीनको बीचमा तनाव उत्कर्षमा पुगेकाले चीनलाई लक्षित गर्दै अमेरिकाले आफ्नो आप्रवासीको नियममा परिवर्तन गरेको बुझिएको छ।
‘रोजागारी, खाद्यान्न र बाँच्नका लागि आवश्यक कुनै कुरा प्राप्त गर्ने उदेश्यले मात्र’ कम्युनिस्ट पार्टीमा प्रवेश गरेको प्रमाणित गर्न सक्नेलाई भने अपवादस्वरुप नागरिकता दिइनेछ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend