
असोज १९ काठमाडौं – प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् ।
मन्त्री केसीले बोलिरहेको बेला नाराबाजी गरिरहेका प्रतिपक्षी दलका सांसदहरुलाई घिसारेर निकाल्न आदेश दिएका हुन्।
छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सभाभित्रका कुर्सीसमेत तोडफोड गरेका छन्।
बैठक सुरु हुनासाथ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई रोष्ट्रममा जान रोकेका सदस्यहरुले केहीबेरपछि त्यहाँ रहेका कुर्सी तोडफोड गरेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend