मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

दाङमा प्रदेश राजधानी हुने भएपछि नेकपाका २००० कार्यकर्ताले गरे पार्टी परित्यागको घोषणा

दाङमा प्रदेश राजधानी हुने भएपछि नेकपाका २००० कार्यकर्ताले गरे पार्टी परित्यागको घोषणा

असोज २० काठमाडौं- प्रदेश ५ को राजधानी बुटवलबाट दाङ सार्ने नेकपाको निर्णयविरुद्ध रुपन्देहीका नेकपा निकट दुइ हजार भन्दा बढी उद्योगीले पार्टी छाड्ने बताएका छन्।

यदि राजधानी बुटवलबाट दाङ सार्ने प्रस्ताव पारित भए आफुहरुले सामुहिक राजिनामा दिने घोषणा उनीहरुले गरेका छन। व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र  सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन्।

नेपाली कांग्रेसले पनि राजधानी सार्ने प्रस्तावको विरोध गरेको छ। सोमबार कांग्रेसको विरोधका बीच बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्बिनी र प्रदेश राजधानी दाङको देउखुरी प्रस्ताव छलफलका लागि पेस गरेका थिए । विरोधमा कांग्रेस सांसद नारावाजी र तोडफोडमा समेत उत्रिएका थिए।

सोहि प्रस्तावमा आजको बैठकमा मतदान हुनेछ।

कांग्रेसले प्रदेशको नामकरण र राजधानीका लागि सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्‌विप जारी गरेको छ । प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले मंगलबार प्रदेशसभा बैठकमा मंगलबार हुन गइरहेको मतदानमा सरकारी निर्णयको विपक्षमा मतदान गर्न ह्‌विप जारी गरेका हुन् ।

यसअघिनै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ५ नम्बर प्रदेश संसदीय दलले दाङ राजधानीका पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend