बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

महिलालाई कसरी आकर्षित गर्ने ?

महिलालाई कसरी आकर्षित गर्ने ?

एजेन्सी –विपरित लिंगीप्रति आकर्षित हुने कुरा सामान्य हो । केटाले केटी र केटीले केटालाई आकर्षित गर्न खोज्नुलाई हामीले सामान्यरुपमै लिनुपर्छ । आज हामीले महिलालाई कसरी आकर्षित गर्ने भन्ने कुरामा चर्चा गर्दैछौँ ।

महिलालाई आकर्षित गर्नका लागि उनीहरुलाई मन नपर्ने कुरा अर्थात कस्ता पुरुष मनपर्छ भन्ने कुरामा चर्चा गर्न जरुरी हुन्छ । महिलाले आफ्नै तारिफ गर्ने पुरुष मन पार्दैनन् । उनीहरु त्यस्ता पुरुषबाट सधैँ टाढा हुन मन पराउँछन् । महिला देखेपछि आकर्षित भएर नजर लगाउने र कतिपय अवस्थामा तत्काल बोलिहाल्ने पुरुष पनि महिलालाई मन पर्दैन ।

प्रेमिकालाई सधै प्रश्न गर्ने पुरुष पनि महिलालाई मन पर्दैन । चियोचर्चो गर्ने पुरुषप्रति महिला आकर्षित हुँदैनन् । त्यस्तै महिलाका पुरुष साथीलाई गलत आरोप लगाएर कुरा गरेको पनि महिलालाई पटक्कै मन पर्दैन । इश्र्याको रुपमा पुरुषप्रति गाली गर्ने आफ्नो साथी महिलाले मन पार्दैनन् । पुरुषले केयर गरेको महिलालाई निक्कै मनपर्छ । त्यसैले केयरिङ खोज्ने स्वभाव महिलामा हुन्छ । फोन, च्याट वा अन्य माध्यमबाट भए पनि महिलालाई केयर गर्नुपर्छ ।

महिलाले मन पार्ने कुराहरुलाई ध्यान दिने र उनीहरुलाई मन नपर्ने कुराहरु त्याग्ने हो भने महिलालाई आकर्षित गर्न सकिन्छ । त्यसका लागि सामिप्यता भने हुन जरुरी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend