
असोज २० काठमाडौं – प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ ।
मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा १३ परेको छ ।
त्यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुई तिहाई बहुमतले पास भएको छ। प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत खसेको छ।
प्रदेशसभामा कूल ८७ सांसद रहेकामा ६१ जना सत्तारुढ दल नेकपाका सांसद थिए। नेकपाले प्रस्तावको पक्षमा र नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न आ–आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका थिए।
प्रदेश ५ सरकारले गत शुक्रबार भालुवाङ बजार र त्यस आसपासको राप्ती किनारले समेटेको उपत्यकालाई स्थायी राजधानी बनाउने निर्णय गरेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend