
असोज २० काठमाडौं – पछिल्लो २४ घन्टामा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५५१ संक्रमित थपिएको जानकारी दिएका हुन्।
योसंगै देशभर संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ। २ हजार ३४० जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend