बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

हाँस्य कलाकार आचार्य दम्पतीलाई कोरोना संक्रमण

हाँस्य कलाकार आचार्य दम्पतीलाई कोरोना संक्रमण

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज (मंगलबार) आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई संक्रमण पुष्टि भएको हो ।

सामान्य लक्षण देखिएपछि सोमबार पीसिआर परीक्षणका लागि स्वाब दिएकोमा आज दुबै जनाको रिपोर्ट पोजेटिभ आएको आचार्यले जानकारी दिएका छन् । उनले दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । ‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पीसिआर परीक्षण गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो | हाम्रो स्वास्थ्य अवस्था सामान्य छ’, उनले फेसबुकमा लेखेका छन् ।

संक्रमण पुष्टि भएपछि आचार्य दम्पती होम आइसोलेसनमा रहेका छन् । उनले आफुहरुसँग सम्पर्कमा रहेका सबै जनालाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend