बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

आउँदैनन ग्राहक, चाडपर्व नजिकिए पनि काठमाडौंका मुख्य व्यापारिक क्षेत्र सुनसान

आउँदैनन ग्राहक, चाडपर्व नजिकिए पनि काठमाडौंका मुख्य व्यापारिक क्षेत्र सुनसान

असोज २१ काठमाडौं – चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो ।

मंगलार साँझ न्यूरोड, दरबारमार्ग, ठमेल लगायतका बजारमा पुग्दा केही पसलहरु खुलेको देखिएपनि अधिकांश पसलहरु बन्द भइसकेका थिए । सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका थिए । खासगरी लत्ताकपडा, घरायसी सामाग्री, मोबाइल फोन, टेलिभिजन लगायतका बजारमा सुनसान देखिएको छ ।

विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारीहरु पनि निराश बनेका छन् । न्यूरोड, दरबारमार्ग र ठमेल त्यसैपनि साँझको समयमा निकै भिड हुने बजार हो । तर, यस वर्ष कोभिड १९ को संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन् ।

ठमेल क्षेत्रमा आन्तरिक ग्राहक भन्दा पनि पर्यटकहरु किनमेलका लागि बढी आउने क्षेत्र हो । पर्यटकीय क्षेत्र भएपनि यसवर्ष पर्यटकहरु नै देख्न पाइदैन् । त्यसैले पर्यटकलाई लक्षित गरि खोलिएका पसलहरु पनि प्राय बन्द हुने गरेको देखिएको छ । कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारिक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएकोछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend