
असोज २१ काठमाडौं – पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराइले प्रधानमन्त्री केपी ओलीलाई श्री ७ को दर्जा दिएका छन्। सामाजिक सञ्जाल टवीटरमा लेख्दै भट्टराईले ओलीलाई श्री ७ को संज्ञा दिएका हुन्।
उनले टवीटरमा लेखेका छन्, ‘मगरात तमुवान ताम्सालिङ नेवा स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी गण्डकी बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपिको पंक्तिमा याद आयो मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ सरी लली रोका,सुरेश वाग्ले।’
भट्टराइले प्रदेशको नाम जातियताको आधारमा हुनुपर्नेमा ओलीको आदेशमा पुरानै नाममा टेबल ठटाइरहेको भन्दै आक्रोश पोखेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend