मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न: गोबिन्द केसीलाई मारेर कात्रो पठाउने तयारी गरेको हो ?

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न: गोबिन्द केसीलाई मारेर कात्रो पठाउने तयारी गरेको हो ?

असोज २१ काठमाडौँ, प्रमुख प्रतिपक्षी कांग्रेसले अनशनरत चिकित्सक डा. गोविन्द केसीसँग छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता टोलीसम्म गठन नगरेर बालहठ देखाएको बताएको छ।कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवनरक्षाका लागि कदम चाल्न भनेका छन् ।

डा केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारको बालहठ यहाँलाई महँगो पर्नेछ, प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिस्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भूल किमार्थ नगरियोस  प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

congress.jpg

 

स्वास्थ्य शिक्षा र कोरोना संक्रमितको उपचारका मुद्दालाई समाधान गर्नुपर्ने मागसहित २४ दिनदेखि अनशनमा रहेका डा. केसीसँग छलफल गर्न वार्ता टोलीसम्म गठन नगरिनु गम्भीर भएको कांग्रेसको भनाइ छ । ‘अनशनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ ।

खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ ? कांग्रेसले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेको छ ।

 

 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend