
असोज २२ काठमाडौं – उरुग्वेका फर्वाड इडिन्सन काभानी म्यान्चेष्टर युनाईटेडमा अनुबन्ध भएका छन्। पेरिस सेन्ट जर्मेन (पीएसजी) संग सम्झौता सकिएपछि क्लब विहिन रहेका काभानीले अन्तत: म्यानचेष्टर युनाईटेडमा अनुबन्ध भएका हुन्।
३३ वर्षीय काभानीलाई युनाइटेडले फ्री टान्सफर विन्डोमा अनुबन्ध गरेको हो। एक वर्षका लागि युनाइटेडमा आबद्ध भएका काभानीले १० मिलियन पाउन्ड प्राप्त गर्ने बताइएको छ।
उनले युनाइटेडसँगको अनुबन्ध अर्को एक वर्ष लम्ब्याउन सक्ने पनि सम्झौतामा उल्लेख छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend