
असोज २२ काठमाडौं – थप ४३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८४७३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend