मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

दक्षिण कोरियामा १५ लाख कामदारले पाएनन तलब

दक्षिण कोरियामा १५ लाख कामदारले पाएनन तलब

असोज २३ काठमाडौं – दक्षिण कोरियामा १५ लाखभन्दा बढी मजदूरले रोजगारदाताबाट तलब पाउन नसकेको तथ्यांक सार्वजनिक भएको छ। 

कोरियाको श्रम मन्त्रालयको तथ्यांक अनुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७.१७ ट्रिलियन वोन पुगेको छ। सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १.४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १.७२ ट्रिलियन वोन पुगेको छ। त्यसैगरी, सन् २०२० को आठ महीनामा कामदारलाई नदिएको ज्याला ८९० बिलियन वोन छ।

पारिश्रमिक नपाउने कामदार सबैभन्दा धेरै उत्पादनमूलक कम्पनीका छन् भने त्यसपछि निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँ क्षेत्रका छन्।

पछिल्लो समय कामदारको ज्याला रोकिनुमा कोरोना संक्रमण महामारीले विश्व अर्थतन्त्रमा आएको मन्दी मुख्य कारण रहेको तथ्यांकमा उल्लेख छ। कामदारले ज्याला नपाएका घटना धेरै बढिरहेको बताउँदै कानूनविद्हरूले आर्थिक संकट झेलिरहेका कम्पनीलाई सरकारले आर्थिक सहयोग गरेर कामदारको ज्याला दिलाउनुपर्ने सुझाव दिएका छन्। रिपब्लिक जनशक्ति पार्टीका नेता किम सुङ–वानले कामदारको ज्याला समयमा भुक्तानी नगर्ने रोजगारदातालाई जरिवाना समेत तिराउनुपर्ने सुझाव दिएका छन्।

यो तथ्यांक बाहिरिए पनि झण्डै ५० हजारभन्दा बढी नेपालीले रोजगारी गरिरहेको देश दक्षिण कोरियामा नेपालीहरू हालसम्म बेतलबी बस्नुपरेको त्यस्तो उल्लेख्य घटना देखिएको छैन। तथापि यसको प्रभाव पर्ने चिन्ता यहाँ काम गरिरहेका नेपालीलाई छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend