
असोज २३ काठमाडौं – ४० बर्ष सक्रिय राजनीतिमा बिताएर कृषिमा लागेका पुर्वमन्त्री लोकेन्द्रबहादुर बिष्टले कृषिबाट आफु सन्तुष्ट रहेको बताएका छन्। सुनौलो नेपालसंगको कुराकानीमा बिष्टले यस्तो बताएका हुन्।
राजनीतिमै भएको भए अहिले जनताले भ्रष्टाचारी भनेर गाली गर्थे, बिष्टले भने, ‘कृषिमा लागेर ताली र हौसला पाएको छु, म यसमै सन्तुष्ट छु। ‘
राजनीति स्थायीरुपमा गर्ने व्यवसाय नभएर समाजसेवा भएको भन्दै राजनीतिमा लागेकाहरु पनि जनतासँगै आएर काम गर्न सक्छन् भन्ने सन्देश दिन कृषिकर्ममा जुटेको उनको भनाई छ।
बिष्टले दाङको बिजौरीमा ३ बिघा ५ कठ्टा जमीन १५ वर्षका लागि भाडामा लिएर ड्रागन फ्रुटको व्यावसायिक खेति गरेका छन्।
हेर्नुहोस बिष्टसंग सुनौलो नेपालका लागि मोहराज शर्माले गरेको कुराकानी:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend