
एजेन्सी – धेरैले कुकुरलाई घर सुरक्षाको लागि पाल्ने गर्छन् । दुनियाकै वफादार प्राणीको रुपमा पनि कुकुरलाई मानिन्छ । कुकुरले जस्तो आफ्नो मालिकको सेवा गर्न अरु कसैले सक्दैन । यस्तै एउटा यस्तो कुकुर छ जुन संसारकै बफदार कुकुर मध्ये एक हो ।
तपाईलाई पत्यार नलाग्ला, तर मनी नामको एक कुकुरले मालिकले भने अनुसार नै हरेकको घर–घरमा दुध पु¥याउन जाने गर्छ । तमिलनाडुमा एक परिवारसँगै बस्ने यो कुकुर निकै बफादार छ ।
तमिलनाडुका थंगवलुले पालेको यो कुकुरले हरेक आदेशको पालना गर्ने गर्छ । कुकुर मनीले ६ वर्षदेखि घर–घरमा दुध बाड्ने काम गरिरहेको छ । मालिक थंगवललुले दुध डेरी सम्हाल्छन् भने कुकुर मनीले गाउँमा घर–घरमा गएर दुध बाड्ने गर्छ ।
घर–घरमा मनी दुध लिएर पुगेपछि मनस्ले धेरैले दुध र बिस्कुट पनि दिन्छन् । मनी अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ । मनीको कामलाई धेरैले प्रशंसा गरिरहेका छन् । मनी एकपटक सडकमा घाइते हुँदा थंगवलुले उपचार गरेर पालन पोषण गरेका थिए ।
उनले मनीलाई राम्रो स्याहार गरेर ठुलो बनाएका थिए । उनले मनीलाई विस्तारै आफुसँगै दुध बेच्नेको तालिम दिएका थिए । मनिले हरेक दिन एक भाँडोमा २५ लिटर दुध राखेर बाड्न निस्कने गर्छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend