बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

काँग्रेस अध्ययन टोलीले भन्यो: चीनले नेपाली भुमी मिचेकै हो, प्रमाण ल्याएर फर्केका छौ !

काँग्रेस अध्ययन टोलीले भन्यो: चीनले नेपाली भुमी मिचेकै हो, प्रमाण ल्याएर फर्केका छौ !

असोज २५ काठमाडौँ, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष निकालेको छ ।कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा असोज १४ गते कांग्रेसका जनप्रतिनिधिको टोली स्थलगत अध्ययनमा गएको थियो । १० दिनको अध्ययनपछि शनिवार साँझ सदरमुकाम सिमिकोट आइपुगेको टोलीका नेता शाहीले निरीक्षणका क्रममा ठाउँ ठाउँमा चीनले भूमि मिचेको देखिएको बताउनुभयो ।

कांग्रेसकी प्रतिनिधिसभा सदस्य रंगमती शाहीले पनि आफूहरुको निष्कर्ष भूमि मिचिएकै भएको बताउनुभयो । टोलीमा रहेका नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले चिनियाँले भवन बनाएको भूमि नेपालमै पर्ने बताउनुभयो ।

नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीस्थित लाप्चा क्षेत्रमा चिनियाँ पक्षले भवन बनाएपछि दुई देशबीच सीमा विवाद देखिएको छ । ललुङजङमा चीनले ९ वटा भवन बनाएपछि जिल्लास्थित सिडिओसहित सुरक्षा टोलीले स्थलगत अवलोकन गरेर उक्त भूमि चीनकै भएको निष्कर्ष निकालेको थियो ।

चिनियाँ दूतावास र केन्द्र सरकारले पनि उक्त भूमि चीनकै भएको बताउँदै आएको छ ।गाउँपालिका अध्यक्ष र नेकपा सांसदको टोलीले पनि उक्त भूमि चीनकै भएको निष्कर्ष निकाल्दै रक्षामन्त्री र परराष्ट्र मन्त्रीलाई ब्रिफिङ गरिसकेको छ ।तर कांग्रेसले भने भूमि मिचिएको दाबी गरेको छ । भूमि मिचिएको निष्कर्षसहित आज स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछ ।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend