शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावले नेकपामा तरङ्ग, ओली प्रचण्ड भेटमा के भयो ?

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावले नेकपामा तरङ्ग, ओली प्रचण्ड भेटमा के भयो ?

असोज २६ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिने गरि निर्देशन दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

उता प्रधानमन्त्री ओलीले यसमा आफ्नो केहि भूमिका नभएको जवाफ प्रचण्डलाई दिएको बताइएको छ।

यस्ता गतिविधीले पार्टी एकतामा आँच पुर्याउने भन्दै प्रचण्डले प्रधानमन्त्रीलाई प्रस्ताव फिर्ता ल्यान भूमिका खेल्न आग्रह गरेको स्रोतले जनाएको छ। अध्यक्ष ओलीको समर्थनमानै मुख्यमन्त्री शाही विरुद्ध चाल चालिएको शंका पुर्व माओवादीको रहेको छ।

मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका १८ जना सांसदहरुले हस्ताक्षर गरि अविश्वासको प्रस्ताव आइतबार संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका थिए।

उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउँदै अविश्वासको प्रस्ताव पेश गरेको बताएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend