मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

यसपालीको दशैँ पुरानै पैसामा !

यसपालीको दशैँ पुरानै पैसामा !

असोज २६ काठमाडौं – नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ। कोभिड-१९ संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट सटहीको गर्दा लामो लाइनले कोरोना सर्ने जोखिम रोक्न यस्तो निर्णय लिइएको जानकारी दिए।

‘नयाँ नोटका लागि भीड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटकको दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको छ’, उनले भने। यस्तै अन्य बैंकहरुमा समेत संक्रमणको जोखिम उच्च भएकोले दशैंका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनै पनि बैंकमा नगरिएको उनले बताए। यद्यपि आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था रहेको प्रवक्ता भट्टले बताए।

यसअघिका वर्षमा दशैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो। जुन एक किसिमले प्रचलनको रुपमा पनि स्थापित भइसकेको छ। राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँ दरका नयाँ नोटहरु दशैंको बेलामा सटही गर्दै आएको थियो। यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भएपनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend