बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

कोरोना संक्रमितलाई ८ दिनमै निको बनाउने ग्यारेन्टी

कोरोना संक्रमितलाई ८ दिनमै निको बनाउने ग्यारेन्टी

असोज २६ काठमाडौं – जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गरेको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रका अध्यक्ष शिवलाल रोकायाले केन्द्रले तयार पारेको आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको दावी गरे। अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले कोरोना नाशक चुर्ण आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको उनले बताए।

रोकायाले संक्रमितले यो औषधी सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको दावी समेत गरे।उनका अनुसार कोरोनानाशक चुर्ण औषधीमा चिराईतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण रहेको छ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend