मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

शीघ्र स्खलनको समस्या छ ? यसरी पाउनुहोस छुटकारा !

शीघ्र स्खलनको समस्या छ ? यसरी पाउनुहोस छुटकारा !

काठमाडौं – अधिकांश पुरुषमा शिघ्र वीर्य स्खलनको अनुभव गरेका हुन्छ। पुरुषको लिंग महिलाको योनिमा प्रवेश गर्नासाथ वीर्य स्खलन हुने गर्दछ । कतिपय पुरुषको योनिमा लिंग प्रवेश गराउनासाथ वीर्य स्खलन हुन्छ ।

युवा अवस्थामा वा सुरु सुरुमा यौन सम्पर्क गर्दा पनि शिघ्र वीर्य स्खलन हुने गर्दछ । शिर्घ स्खलनको समस्या बढी पुरुषमा भएपनि महिलामा पनि हुने गर्दछ । तर, पुरुषको तुलनामा महिलाको शिघ्रपतन कम हुने गर्दछ ।

घर्षण नै गर्न नपाई वा लिंग योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौन सम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ।

कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा राम्रो गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिन कि भन्ने चिन्ताले समस्या बढाउँछ । शीघ्र स्खलनको समस्या कम गर्न आफैंले अवलम्बन गर्न सकिने केही उपाय छन् त्यसका बारेमा छोटकरीमा चर्चा गरौं।

यौनसम्पर्क रोक्ने सुरु गर्नेः यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही वेर यौन क्रिडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

आशन परिवर्तन गर्नेः लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिलामाथि बसेर सक्रिय भै यौन सम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ।

लिंग अँठ्याउनेः स्खलनहोला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रिडा सुरु गर्ने। कन्डमको प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ।

मांसपेशीको प्रयोग गर्नेः पिसाब आउँदा रोक्न प्रयोग गरिने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ।
हस्तमैथुन गर्नेः हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भए रोकेर यो प्रक्रिया दोहोर्योउने तेहेर्या उने। वीर्य स्खलनलाई राम्ररोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने र स्खलन होलाजस्तो भए रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने । पछि वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागे पछि माथि भनिएजस्तै पहिले यौन साथी बढी सक्रिय हुने गरी यौन सम्पर्क गर्ने । अनि वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध तरिका अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने । यसमा समय र धैर्यता निकै लाग्ने र श्रीमतीको सहयोग पनि महत्वपूर्ण हुने कुरा राम्रोसँग बुझ्नुपर्छ । एजेन्सी

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend