
असोज २७ काठमाडौँ, नेपाली चलचित्रक्षेत्रका महानायक राजेश हमाल केहि समयपहिले चलचित्रक्षेत्रकै अर्की नायिका तथा निर्देशक दिपाश्री निरौलाको एक टेलिभिजन अन्तरबार्ताको क्रममा आएको अभिव्यक्तिका कारण केहि समय पहिले सामाजिक संजाल देखि चलचित्र क्षेत्रहुँदै सर्बत्र चर्चाको शिखरमा रहे । त्यसको केहि समयपछि फेरी अहिले राजेश हमालकै नाममा सामाजिक संजाल तात्न सुरु भएको छ ।
देशभर भईरहेका जातीय हिँसाका घटनाको पृष्ठभुमीमा अभिनेता राजेश हमालले कान्तिपुर टेलिभिजनमा ”जातको प्रश्न” नामक कार्यक्रम संचालनमा ल्याएका थिए । पुर्बप्रधानमन्त्री,देशका प्रमुख राजनीतिक दलका नेता, मन्त्री देखि जातिय समानताको आबाज उठाउने विभिन्न अतिथिहरुलाई समेटेर प्रशारण भएको कार्यक्रम जातको प्रश्नले आजका मिति सम्म ११ औँ एपिसोड पुरा गर्दै गर्दा उक्त कार्यक्रम र प्रस्तोता राजेश हमाल विवादमा परेका छन् ।
कान्तिपुर टेलिभिजनबाट हरेक हप्ता प्रशारण हुने दलित मुक्ति बारे कार्यक्रम समता फाउन्डेसन नामक एनजिओले तयार गरेको हो । यसलाई आर्थिक सहयोग ”क्रिस्टियन एड नेपाल” नामक अन्तरराष्ट्रिय एनजिओले गरेको छ।
”क्रिस्टियन एड” बेलायतका ४१ वटा चर्चहरूको संयुक्त सेवामुलक संस्था हो, जसले १६ वर्ष अघिदेखि नेपालका बिकट पहाडी जिल्ला देखि तराई मधेसका जिल्ला सम्म काम गर्दै आएको छ। नेपालमा २०७२ सालमा भूकम्प पछि सरकारसंग सम्झौता गरी ”क्रिस्टियन एड’ ले नेपालमै कार्यालय खोलेर राजधानी काठमाडौँ लगायत ८ प्रभावित जिल्लामा राहत सामग्री समेत पुर्याएको थियो ।
देशले महानायक भनेर मानेको व्यक्ति एउटा धर्मसंग सम्बन्धीत सस्थाको सहयोगमा कार्यक्रम संचालन गरि नेपाली समाजलाई धार्मिक द्वन्दमा लैजान खोजेको भन्दै राजेश हमालमाथि आक्रोश समेत सामाजिक संजालमा पोखिएको छ, भने राजधानी काठमाडौँका विभिन्न ठाउँमा राजेश हमालको पुत्ला समेत जलाईएको छ ।
कार्यक्रमको बारेमा सामाजिक संजालमा प्रश्न उठेपछि समता फाउन्डेसनले बिज्ञप्ति निकाल्दै सामाजिक संजालमा दुष्प्रचार नगर्न आग्रह समेत गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend