logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ग्लोबल आईएमई बैंक र माइजोईबीच सम्झौता, यूएईबाट नेपालमा रकम पठाउन सहज हुने

    ग्लोबल आईएमई बैंक र माइजोईबीच सम्झौता, यूएईबाट नेपालमा रकम पठाउन सहज हुने

    336
    Shares
    ग्लोबल आईएमई बैंक र माइजोईबीच सम्झौता, यूएईबाट नेपालमा रकम पठाउन सहज हुने

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच सम्झौता भएको छ । दुवै पक्षबीच भएको यो सम्झौता सँगै यूएईबाट नेपालमा रेमिट्यान्स पठाउन सहज हुने भएको छ ।

    सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीले माइजोईको रेमिटेन्स एपबाट सहजै नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

    माइजोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रेहेकोले सम्झौताबाट आफूहरू उत्साहित बनेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बताए ।

    माइजोईका प्रमुख कार्यकारी अधिकृत साएद अलिले यूएईमा रहेका नेपाली कामदारले आफ्नो आफन्तजनलाई द्रुत, सुविधाजनक र सुरक्षितढंगले पैसा पठाउन सकिने बताए ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोईले नवप्रवर्तन तथा फिनटेकको माध्यमबाट संसारभर रेमिट्यान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend