मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

बजारमा आकासिँदो खाद्यबस्तुको मुल्य, मन्त्री भन्छन- मुल्यबृदि नियन्त्रणमै छ

बजारमा आकासिँदो खाद्यबस्तुको मुल्य, मन्त्री भन्छन- मुल्यबृदि नियन्त्रणमै छ

असोज २७ काठमाडौं – चाडवाड नजिकिंदै जाँदा व्यापारीहरुले खाद्यबस्तुको मूल्य मनपरी रुपमा बढाइरहेका छन्। दाल, तेललगायतका खाध्यबस्तुको मूल्य आकासिएको छ।

सरकारी अनुगमन चुस्त हुन नसक्दा ब्यापारीहरुको मनपरी छ भने उपभोक्ता भने चरम मारमा परेका छन्।

तर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच पनि खाद्यबस्तुको मूल्यबृद्धि नियन्त्रणमा रहेको दावी गरेका छन् ।

चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्शको ७० औं बर्षको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टले कोरोना महामारीको अवस्थामा पनि नेपालमा एकाध बस्तु बाहेक खाद्यान्न लगाएत अन्य खाद्य बस्तु महङ्गो नभएको दावी गरेका हुन् ।

उनले अहिले नेपालको व्यापार घाटा घटाउने, निर्यातलाई बढाउने र लगानी भित्राउने बिषयमा ध्यान केन्द्रीत रहेको उल्लेख गरे । आर्थिक क्षेत्रको प्रगती र देशलाई औधोगीकरणतर्फ अघि बढाउनका लागि नीति क्षेत्रको सहकार्य आवश्यक रहेको उनले बताए ।

मन्त्री भट्टले आफुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेपछि करको क्षेत्रमा धेरै सुधार भएको समेत दावी गर्नुभयो । आन्तरिक उत्पादनलाई बढावा दिनका लागि सरकारले कच्चा पदार्थको करको दर क्रमश घटाउदै लगिएको उनको भनाई छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend