
असोज २७ काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव पारित नहुने भएको छ। १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए तर तिनै मध्ये केहि सांसदहरु प्रस्तावबाट पछि हटेपछि प्रस्ताव अघि नबढ्ने पक्का भएको हो।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका ८ जना सांसद शाहीको पक्षमा उभिएका छन् भने पूर्व माओवादी समूहबाट १२ जना शाहीको पक्षमा उभिएसँगै शाहीविरुद्धको अविश्वासको प्रस्ताव तुहिएको हो ।
केन्द्रबाटै दबाब आएपछि अविश्वास प्रस्तावबाट पछि हटेको नेपाल पक्षका सांसदको भनाइ छ ।
प्रस्ताव आएलगत्तै मुख्यमन्त्री शाहीले दलको प्रमुुख सचेतकबाट प्रधानमन्त्री ओली निकट सांसद गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend