मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

यो ठाउँमा जाँदा युवती लिएर जाने गल्ती नगर्नुस्

यो ठाउँमा जाँदा युवती लिएर जाने गल्ती नगर्नुस्

एजेन्सी –

जापानमा एक यस्तो टापू छ जहाँ महिलालाई जाने अनुमति छैन । जापानको दक्षिण पश्चिममा अवस्थित ओकिनोशिमा टापूमा धार्मिक कारणले केबल पुरुषहरुले मात्र जाने अनुमति पाउँछन् ।

जो मानिस यस टापूमा जान्छन् उनीहरुलाई उक्त स्थानबाट कुनै पनि सम्झनलायक चीज ल्याउने अनुमती छैन । उनीहरुलाई उक्त टापूबाट घास समेत ल्याउने अनुमति छैन । यस टापूको एक परामर्शदाता प्यानले विश्वको धरोहर स्थल बनाउने जनाएको छ । तर यसको अन्तिम फैसला यूनेस्कोको बैठकले गर्ने छ । उक्त बैठक जुलाईमा बस्दै छ ।

टापूमा मुनाकाटा ताइशा ओकित्सुमिया श्राइन छ जहाँ समुद्रकी देवीको पूजा गरिने गरिएको छ । ओकिनोशिमामा प्राचीन कालमा जहाजको सुरक्षाका लागि पूजा गरिने गरिएको थियो ।

प्राचिन समयबाट उक्त टापूमा महिला माथि धार्मिक प्रतिवन्ध लगाइएको थियो जुन अहिले पनि मान्दै आइएको छ । उक्त टापूमा पुग्ने पुरुषले पहिला नग्न भएर शुद्धिकरणको नियम पालन गर्नुपर्ने छ । र, टापूको यात्रा गरेको कसैलाई पनि भन्न नहुने विश्वास लिने गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend